लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
नेपालगंज, बाँके
परिचय

बाँके जिल्लाका आयुर्वेद सेवा : बाँके जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जको रानी तलाउ स्थित आफ्नै भवन संचालनमा रहेको छ । यसले बाँके जिल्लाको सम्पूर्ण जनतालाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ । यस अन्तर्गत तलका पाँचवटा शाखाहरु रहेका छन् । १. जयसपुर आयुर्वेद औषधालय (जयसपुर, बाँके) २. भवनियापुर आयुर्वेद औषधालय (भवनियापुर, बाँके) ३. कोहोलपुर आयुर्वेद औषधालय (कोहोलपुर, बाँके) ४. परसपुर आयुर्वेद औषधालय (परसपुर, बाँके) ५. टिटिहिरिया आयुर्वेद औषधालय (टिटिहिरिया, बाँके) यसका साथै राप्तीसोनारी, नरैनापुर र खजुरामा नागरिक आरोग्य सेवा केन्द्रहरु सञ्चालनमा छन् । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेबाट पाइने सेवाहरु : १. रोगी परीषण एवं उपलब्धता अनुसारको औषधि निःशुल्क वितरण । २. स्वास्थ्य सम्बन्धि सल्लाह, परामर्श । ३. प्रयोगशाला सेवा ४. जडिबुटी सम्बन्धि जानकारी ५. जडिबुटी सम्बन्धि जनचेतना मूलक कार्याक्रमहरु । ६. विद्यालय आयुर्वेद शिक्षा कार्याक्रम । ७. जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्यवर्धक औषधि वितरण । ८. स्तनपायी आमालाई बच्चा जन्मे देखि ६ महिना सम्म निःशुल्क केही विशिष्ट औषधि विवरण । ९. प्राथामिक उपचार सेवा । १०. बाथ तथा नशा रोगका लागि पंचकर्मका स्नेहन, नाडी स्वेदन आदिबाट रोगको उपचार । ११. निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर आदि ।